Tuesday, October 15, 2024
पर्यटनखोटाङको पर्यटकीय स्थल तावाभञ्ज्याङ्गलाई संरक्षण गरिदै

खोटाङको पर्यटकीय स्थल तावाभञ्ज्याङ्गलाई संरक्षण गरिदै

spot_img

भोजपुर | भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र तावाभञ्ज्याङ्गलाई संरक्षण गरिदै लैजाने भएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिका वडा नम्बर -३ मा रहेको तावाभञ्ज्याङ्ग किराती सभ्यता सँग जोडिएको मान्यता रहेको छ । यहीँ सहिद स्तम्भ पार्क र चिन्डो पोखरी समेत निर्माण गरिएको छ । चिन्डो पार्कको निर्माण २०७३ सालमा निर्माण गरिएको हो । मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो ।

यहाँ साकेला सिलि नाच समेत नाचिन्छ ।
नजिकैको सेल्मे डाँडामा बसन्त ऋतुमा गुराँस फुलेर डकमक्क हुने गर्दछ । तावाभञ्ज्याङमा निर्माण गरेको सहित पार्क र चिन्डो पोखरीले पर्यटककलाई आकर्षक थपेको छ ।

तावाभञ्ज्याङ्ग रमणीय र पर्यटकको मनै लोब्याउने क्षेत्र रहेकाले स्थानीय सरकार ,प्रदेश सरकार र संघिय सरकारले तावाभञ्ज्याङ्ग पर्यटन प्रवद्वन गर्न तावा ताललाई संरक्षण गर्ने भएको पर्यटक सुबास राईले बताए । यो ठाउँ मनोरम रहेकाले पर्यटक आउनु पर्ने उनको भनाइ छ ।

तावा भनेको मयुर हो जुन सेल्मेको भञ्ज्याङ मिलेर तावाभञ्ज्याङ भनिएको टेम्केमैयुङ गाउँपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज माङ्गपाहाङ्गले बताए । तावाभञ्ज्याङ्गलाई राई भाषामा मयुर हो । यहीँ बाट बग्ने पानी मयुर आकारको रहेको उहाको भनाइ छ । जुन नागदेवि आकारमा रहेको छ । तालको माथिल्लो भागमा माछा हुने भएकाले आय आर्जन गर्न सकिने उनको भनाइ छ ।

तावाभञ्ज्याङ्गमा तावा ताल निर्माण गर्ने साकेला गाउँपालिका अध्यक्ष रबि प्रकाश राईले जानकारी दिए । तावाभञ्ज्याङ्गमा धार्मिक गार्डेन सहित साकेला गाउँपालिकाका १३ वटा जातिलाई संरक्षण गर्न तावाभञ्ज्याङ्गमा सांस्कृतिक घर बनाउने डिपिआर तयार पारिएको उनको भनाइ छ । तावाभञ्ज्याङ्गलाई पर्यटकको हब बनाउन गाउँपालिका अग्रसर भएर अघि बढेको उनको भनाइ छ ।

यहाँको अर्को मनोरम दृश्य चिया बगान हो । तावाभञ्ज्याङ्ग भएर पानधारे बजार जान सकिन्छ । ठाउँ असार साउनको सममयमा डाँडा हरियाली भएर पर्यटको मन जित्ने गर्दछ । तापाभञ्ज्यालाई टेम्कैमैयुङ गाउँपालिका र साकेला गाउँमरपालिका र केन्द्रीय सरकारले विकास काममा अगाडि बढाइरहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img