देशकोशी प्रदेशसभापोखरीमा तीर्थयात्रीको मृत्यु

सभापोखरीमा तीर्थयात्रीको मृत्यु

संखुवासभा: संखुवासभा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरीमा एक जना तीर्थयात्रीको निधन भएको छ। मृतक कास्की जिल्लाको पोखरा महानगरपालिका-२९ का ७० वर्षीय बुद्धि गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले उनको शुक्रबार बिहान ८ बजे सभापोखरी गाउँपालिका-५ लोरुम्बामा मृत्यु भएको जानकारी दिए।

बुद्धि गुरुङ धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी जान हिँडेका थिए। बिहीबार दिउँसो बाटोमै उनी बिरामी परेका थिए। त्यसपछि उनका छोरा सागर गुरुङले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए। एभरेष्ट एयरको हेलिकप्टर बोलाएर लोरुम्बा पुग्दा बुद्धि गुरुङको मृत्यु भइसकेको थियो।

सभापोखरी यातायात र सञ्चार सेवा नभएको कारण भौगोलिक रूपले निकै विकट क्षेत्र हो। यो स्थल जिल्लाको सदरमुकाम खाँदबारीबाट तीन दिनको पैदल दूरीमा पर्दछ। बुद्धि गुरुङको शव मुचुल्का गरिसकेपछि आज नै एभरेष्ट एयरको हेलिकप्टरमार्फत पोखरा लगिने बताइएको छ।

सभापोखरी नागपञ्चमीदेखि जनैपूर्णिमासम्म भक्तजनको भिडले रहने गर्दछ। तर यहाँ पुग्न यातायात र सञ्चारको समस्या भोग्नुपर्ने भएकाले तीर्थयात्रीहरूलाई धेरै कष्ट भोग्नुपर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img