Monday, May 12, 2025
समाजजबरजस्ती करणी प्रयासपछि फरार रहेका युवक भैंसीलाई करणी गर्दै गर्दा पक्राउ
spot_img

जबरजस्ती करणी प्रयासपछि फरार रहेका युवक भैंसीलाई करणी गर्दै गर्दा पक्राउ

spot_img

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका २९ वर्षीय बिक्रम तामाङ जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

बुधबार साँझ ५ बजे विद्यालयबाट घर फर्किरहेकी करिब १६ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा तामाङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताए। जबरजस्ती करणीको प्रयास गर्दा किशोरीले हारगुहार गरेपछि तामाङ फरार भएका थिए।

तामाङलाई बुधबार साँझ साढे ६ बजे गोठमा बाँधेको भैंसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएका थिए। मुलुकी अपराध संहिता २०७४ अनुसार जबरजस्ती करणी उद्योग र पशु करणीको आरोपमा अदालतबाट ७ दिन हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img