Saturday, April 19, 2025
समाजहोमवर्क नगरेको निहुँमा कुटिए विद्यार्थी, दुःखाइ बढेपछि अस्पताल ल्याईयो
spot_img

होमवर्क नगरेको निहुँमा कुटिए विद्यार्थी, दुःखाइ बढेपछि अस्पताल ल्याईयो

इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर -१६ मा रहेको शिक्षादीप बोर्डिङ स्कुलका शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि बुधबार निर्घात कुटपिट गरेका छन् ।

कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी अंसल बुढाथोकीको शरीरका विभिन्न भागमा निलडाम बसेको छ । साँझ स्थानिय मेडिकलमा प्राथमिक उपचार गरिएका बुढाथोकीलाई अहिले दुःखाइ बढेपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको उनका ठूलोबुवा राजनले जानकारी दिए ।

गणित पढाउने शिक्षक पुर्णप्रसाद पोख्रेल (पीपी पोख्रेल) ले हात, ढाड तथा नितम्बमा कुटेको राजनले बताएका छन् । पहिलो घण्टीमा होमकर्व नगरेको निहुँमा कुटिएका अंसललाई गाह्रो भयो भनिरहँदा पनि दिनभरी कक्षामा राखेर यातना दिएको समेत उनले बताएका छन् ।

राजनका अनुसार अविभावकलाई भनेमा झन् कुट्ने धम्की शिक्षकले दिएका थिए ।

त्यसपछि स्कुललाई सम्पर्क गर्दा स्कुलले गैह्रजिम्मेवारीपूर्ण जवाफ दिएको पनि राजनले बताए । त्यसपछि आफूहरुले इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी दिएको बताए । त्यसपछि भने विद्यालयले कुटपिट गर्ने शिक्षकलाई कारवाही गर्न सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img