समाजमकवानपुरमा रेबिज विरुद्ध एक वर्ष: ५ हजार मानिस र ५ सय पशुमा...

मकवानपुरमा रेबिज विरुद्ध एक वर्ष: ५ हजार मानिस र ५ सय पशुमा खोप

हेटौँडा | मकवानपुर जिल्लाका स्वास्थ्य संस्थाहरूले चालु आर्थिक वर्ष २०८०/८१ मा रेबिज रोगको रोकथाम तथा नियन्त्रणका लागि ठूलो प्रयास गरेका छन्। तथ्याङ्कहरू अनुसार गत वर्ष हेटौंडा अस्पताल र मकवानपुर पशु स्वास्थ्य केन्द्रले क्रमश: ५ हजार ३८ जना मानिस र ५ सय ५० वटा पशुहरूमा रेबिज विरुद्धको खोप दिएका छन्।

हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाका अनुसार चालु आर्थिक वर्षको स्रावण महिनादेखि नै निरन्तर रूपमा रेबिज खोप अभियान सञ्चालन गरिएको थियो। स्रावणमा ३४१, भाद्रमा ३०१, असोजमा ३२४, कार्तिकमा ३७७, मंसिरमा ४६२, पौषमा ४२१, माघमा ४४६, फागुनमा ६२७, चैतमा ५४५, वैशाखमा ५८० र जेठ महिनामा ६१४ गरी कुल ५,०३८ जनाले रेबिज विरुद्धको खोप लिएका छन्।

“मुसाले टोके पनि रेबिज हुन्छ भन्ने गलत धारणा अहिलेसम्म बसेकै छ,” झा भन्छन्, “हामीले जनचेतना फैलाउँदै रेबिज लागेको जनावरले मात्र टोकेमा मानिसमा रोग सर्ने भन्ने कुरा बुझाउनुपरेको छ।”

त्यसैगरी, मकवानपुर पशु स्वास्थ्य केन्द्रले पनि विश्व रेबिज दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका अन्तर्गतका १० वटा स्थानीय तहहरूमा पशुहरूलाई रेबिज विरुद्धको खोप अभियान नै सञ्चालन गरेको थियो। पशु स्वास्थ्य प्राविधिक मोहित कुमारका अनुसार उक्त अभियानमा ५ सय ५० वटा पशुहरूमा खोप दिइएको थियो।

“रेबिज लागेको पशुले टोकेमा मात्र मानिस वा पशुमा रेबिज हुन्छ,” कुमारले रेविज रोग संबन्धित तथ्यांकके छ भन्ने प्रश्नमा “एकपटक मकवानपुरकोगढी गाउँपालिकामा बाख्रामा रेबिज लागेको र त्यसलाई तुरुन्तै उपचारका लागि काठमाडौं पठाइएको थियो।, त्यो बाहेक देखिएको छैन ।”

स्थानीय स्वास्थ्य संस्थाहरूको यस्तो सक्रिय प्रयासले मकवानपुरमा रेबिज रोगको रोकथाम र नियन्त्रणमा ठूलो सहयोग पुगेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img