Friday, December 6, 2024
समाजकोशी प्रदेशमा चट्याङ: एक दशकमा २ सय ५४ जनाको मृत्यु

कोशी प्रदेशमा चट्याङ: एक दशकमा २ सय ५४ जनाको मृत्यु

बिराटनगर | कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङको कहर निकै भयावह रहेको छ। विगत दश वर्षमा कोशी प्रदेशमा चट्याङका कारण २५४ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ। यो

कोशी प्रदेशमा वि.सं. २०७० देखि २०८० सम्मको अवधिमा प्रदेशभर चट्याङका ६ सय ९८ घटना भएका छन्। यी घटनाहरूमा २ सय ५४ जनाको मृत्यु भएको छ भने ५ सय ८७ जना घाइते भएका छन्। कुल ७ सय ५७ परिवार चट्याङबाट प्रत्यक्ष प्रभावित भएका छन्।

आर्थिक क्षतिको कुरा गर्दा, एक दशकमा चट्याङका कारण ३ करोड ९५ लाख ५८ हजार ५ सय रुपैयाँ बराबरको भौतिक सम्पत्तिको नोक्सानी भएको छ। विशेषगरी खेतमा काम गरिरहेका किसानहरू चट्याङको उच्च जोखिममा रहेको पाइएको छ।

चट्याङ बाहेक, अन्य मनसुनजन्य विपदहरूले पनि कोशी प्रदेशमा ठूलो क्षति पुर्‍याएका छन्। विगत दश वर्षमा २ हजार ६० मनसुनजन्य विपदका घटनाहरू भएका छन्, जसमा ५ सय ८३ जनाको मृत्यु भएको छ, १ सय २० जना बेपत्ता भएका छन् र ७ सय ४९ जना घाइते भएका छन्। कुल १८ हजार ७ सय २८ परिवार यी विपदहरूबाट प्रभावित भएका छन्।

यस वर्षको लागि, कोशी प्रदेशमा १ लाख १३ हजार ३५३ घरधुरी मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेका छन्। यसमध्ये ३७ हजार ८ सय घरधुरी उच्च जोखिममा रहेको मानिएको छ।

कोशीमा मनसुनजन्य विपदबाट ७ हजार ८ सय घरधुरी उच्च जोखिममा

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img