Sunday, March 16, 2025
समाज'मुख्यमन्त्रीज्यू ! राहत होइन, हामीलाई घरबासको व्यवस्था गरिदिनु'

‘मुख्यमन्त्रीज्यू ! राहत होइन, हामीलाई घरबासको व्यवस्था गरिदिनु’

खड्क सुनार/न्युज कारखाना
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई आगलागी पीडितले तत्कालको लागि राहतसँगै पहिलो प्राथमिकता घरबासको व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

बुधबार बिहान हेलिकप्टरमार्फत राहत ल्याएर सदरमुकाम गमगढी बजार आएका मुख्यमन्त्री शाहीलाई यहाँका पीडितले घरबासको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।कात्तिक २९ गते गमगढी बजारमा भीषण आगलागी भएसँगै पीडितहरू निकै चिन्तामा छन् । अग्नि पीडितले मुख्यमन्त्री शाहीलाई सरकारले राहतको लागि टेन्ट प्रदान गर्दा पनि आफूहरूले कहाँ गाडेर बस्ने भन्ने अवस्थामा रहेकाले वासस्थानको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

‘प्रदेश सरकारबाट राहत प्रदान होला । कहाँ खाने ? कहाँ राख्ने ?’, उनीहरूको प्रश्न छ । मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादुर शाही बुधबार राहत ल्याएर गमगढीमा पुगेका थिए । तर, राहत वितरण भएन । सरकारबाट राहत कम मात्रामा ल्याइएपछि सबैलाई पुग्ने गरि पछि वितरण गरिने बताइएको छ ।

सोमबार साढे १२ बजे भएको आगलागीबाट २५ घरसहित बहालमा बस्ने ५५ गरी ८० घर परिवार विस्थापित भएका छन् । उनीहरूले आगलागी हुँदा निभाउनलाई पानीसमेत नरहेको भन्दै मुख्यमन्त्री सामु आक्रोश पोखेका थिए । मुख्यमन्त्री शाहीले पीडितहरूसँग समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img