Friday, January 17, 2025
समाजविराटनगरबाट सुरु भयो कोशी प्रदेशको ट्राफिक सप्ताह

विराटनगरबाट सुरु भयो कोशी प्रदेशको ट्राफिक सप्ताह

विराटनगर | सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार प्रदेश राजधानी विराटनगरमा एक समारोहबीच ट्राफिक सप्ताह सुरू गरिएको हो । विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए ।

सप्ताहको उदघाटन कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै सामुहिक प्रतिवद्धताको आवश्यकता रहेको बताएका थिए । दुर्घटनाबाट सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको र घाइते हजारौं भएको उल्लेख गर्दै यसको न्युनीकरणको लागि हरेक बर्ष ट्राफिक सप्ताहमा एउटा कमिटमेन्ट गरेर अगाडी बढ्नुपर्ने बताए । दुर्घटना न्युनीकरण गर्नको लागी यस्ता खालका प्रतिवद्धताले कोशी प्रदेशमा ५० प्रतिशत दुर्घटना कम हुने मन्त्री कार्कीले उल्लेख गरेका थिए ।

प्रदेश सरकारले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न आवश्यक स्रोत साधन सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले ट्राफिक प्रहरीको संख्या बढाउन जरुरी रहेको बताए । झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा नमूना ट्राफिक व्यवस्थापनमा नमूना सडक घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकात्मक प्रचार हुने र यसका लागि ट्राफिक प्रहरीले सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिएका थिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक सचेतना घर घरमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारले ट्राफिक प्रहरीलाई आधुनिकीकरण गरेर लैजान सरकार लागि परेको समेत उद्धघोष गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताएका थिए।

गत वर्षमात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामा परी ५३१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले कार्यक्रममा जानकारी गराएका थिए । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइेत र ५ हजार ३३५ जना समान्य भाइते भएका छन् । वर्षेनी ८० प्रतिशत दुर्घटना वृद्धि भएको एसपी पौडेलले जानकारी दिए । सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक र्याली निकालिएको थियो ।

ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन तीव्रगति नियन्त्रण तथा पार्किङ निषेध, तेस्रो दिन सडक अनुशासन कार्यान्वयन तथा कारवाही गर्ने, चौथो दिन प्रशिक्षण दिने ट्राफिक सचेतना सम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिएका छन् ।

अभियानको चौथा दिन सवारीको यान्त्रिक चेकजाँच तथा मापसे र लापसे चेकजाँच अभियानलाई तिव्रता दिने, पाँचौ दिन अनुमगन तथा कारवाही र अभियानको अन्तिम दिन अन्र्तक्रिया कार्यक्रम गर्दै समापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img