Monday, March 17, 2025
समाजकाठमाडौंमा बोरिङ खन्दा निस्कियो ग्यास, ग्यासको मुस्लो असपासका घरमा पुगेपछि स्थानीय त्रसित

काठमाडौंमा बोरिङ खन्दा निस्कियो ग्यास, ग्यासको मुस्लो असपासका घरमा पुगेपछि स्थानीय त्रसित

काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा- ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो ।

स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन् ।

gys ko muslo 5

सुरुको ४ घण्टा तीब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ । ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरूमा पुगे पछि स्थानीय त्रसित बनेका छन् ।

ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् ।

gys ko muslo 1

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img