Friday, March 28, 2025
मौसमदेशभर चीसो बढ्यो

देशभर चीसो बढ्यो

देशभर चीसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र नयूनतम तापक्रम घट्ने क्रममा रहेको जनाएको छ ।

महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम झरेर ७.४ डिग्री मापन गरिएको छ । अधिकतम तापक्रम २२ डिग्री मापन गरिएको छ ।

जोमसोममा न्यूनतम तापक्रम ३.५ डिग्री मापन गरिएको छ । जुम्लामा माइनस ४.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।नेपालमा बढी गर्मी हुने नेपालगञ्जमा न्यूनतम तापक्रम १५ डिग्री र अधिकतम तापक्रम २६.६ डिग्री मापन गरिएको छ ।

पोखरामा न्यूनतम तापक्रम १२ डिग्री, विराटनगरमा १४.५ डिग्री, जनकपुरमा १५.२ डिग्री, भैरहवामा ज्ञछ डिग्री, वीरेन्द्रनगरमा ११.६ डिग्री मापन गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img