Wednesday, March 26, 2025
राजनीतिओली ठूलै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको प्रचण्डको आरोप

ओली ठूलै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिदै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको आरोप लगाएका छन् । महोत्तरीको रामगोपालपुरमा बोल्दै ओली गणतन्त्र र मधेशको खलनायक भएको आरोप समेत लगाए ।

‘भिलेनले लडेर ल्याएको गणतन्त्र उल्टाउने षड्यन्त्र गर्यो,’ प्रचण्डले ओलीबारे कडा टिप्पणी गर्दै भने,‘केपी ओली खलनायक हुन् ।’ ओलीले विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन खोजेको आरोप लगाए । उनले भने,‘देशी विदेशी ठूलै शक्ति मिलेर गणतन्त्र उल्टाउने षड्यन्त्र भयो ।’

ओलीले प्रतिनिधि सभा विघटन गरेर जनताको रगत र पसिनामाथि कुठाराघात गरेको टिप्पणी गरे । उनले भने,‘खलनायक केपी ओलीलाई बालुवाटारबाट बालकोट घिसारेर लगियो ।’ देशलाई अहिले ७ प्रदेश ओलीविहिन सरकार बनाएको बताए ।

आफू गठबन्धनमा निकै बलियो भएको बताए । उनले भने,‘ गठबन्धन सरकारमा म बलियो छु । प्रधानमन्त्री नभएपनि बनाउने मान्छे भएको छु ।’ओलीले चुरे दोहोन गर्न खोजेको आरोप लगाए । उनले भने,‘गिट्टी बालुवा झिक्ने निर्णय कस्ले गर्यो ? केपी ओली खलनायकले ।’-File Photo

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img