Tuesday, June 24, 2025
समाजभोजपुरको प्याउली पहिलो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

भोजपुरको प्याउली पहिलो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

spot_img

भोजपुर | भोजपुरको अरुण गाउँपालिका–३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । शनिबार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरे ।

वडाले स्थानीय शासन कार्यान्वयन निर्देशीका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेका मापक र सुचांकहरु पुरा गरेसगैँ वडालाई औपचारीक कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको वडाध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका– २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि –२०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र सस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको छ ।

पालिकालाई आगामी बर्ष स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्ने अभियान अन्तरगत प्याउलीबाट सुरुवात गरेको र यसका लागी आवश्यक तयारी गरिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए ।

नेपालको संविद्यान २०७२ को भाग ३ मौलीक हक , स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन निर्देशीका २०७८,घोषणा कार्यविधि २०७९, तथा विवाह सम्बन्धी विभिन्न ऐन कानुन, बालबालीका ऐन २०७५, बालश्रम निषेध एने २०५६, घरेलु हिसां निषेध ऐन २०६६, अरुण गाउँपालिकाको बालबालीका सम्बन्धी नीति, नियम तथा आचारसंहिता २०८१ को पालना गर्दै अरुण गाउँपालिका ३ प्याउलीलाई पहिलो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको उपाध्यक्ष विनिता ढकालले बताइन् ।

कार्यक्रममा बोल्दै अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खतीवडाले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडालाई दिगोपना दिन पालिकाको तर्फबाट सदैव सहयोग गर्ने प्रतिवद्धता जायर गरे ।

atrun gaupalika ad

त्यस्तै कार्यक्रममा उपस्थित राजनैतीक दलका प्रतिनिधि, स्थानीय वुद्धिजिवि, बाल सञ्जालका प्रतिनिधि लगायत सरोकारवालाहरुले बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा हुनु गर्वको विषय भएपनि यसलाई कार्यान्वयनमा लान निकै चुनौती भएको बताएका छन् ।

यसलाई पुर्णता दिन आगामी दिनमा वडाले प्रत्येक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउनु पर्ने, बजेट तथा नीति नियममा सहभागीता गराउनुपर्ने, बालबालीका सगँ सम्बन्धीत हक अधिकारका बारेमा पुर्ण जानकार भई कार्यान्वयन गर्नुपर्ने, बालबालिकाले पाउनुपर्ने नैर्सगीक अधिकारहरु शिक्षा, स्वास्थ्य, आवास लगायतका बिषयमा विशेष जोड दिनुपर्ने सुझाएका छन् ।

बाल मैत्री वडा घोषणा गर्नमा विभिन्न तवरबाट सहयोग गर्ने बाल सञ्जाल, महिला संयमसेवीका, टोल विकास सस्था लगायतलाई सम्मान समेत गरिएको थियो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img