इटहरी | इटहरी उपमहानगरपालिकाले आइतबार इटहरीका सम्पूर्ण विद्यालय बन्द गर्ने सूचना सार्वजनिक गरेको छ ।
लगातार वर्षाका कारण विद्यालयहरूमा पठनपाठन गर्न कठिनाइ सिर्जना भएको हुँदा स्थानीय बिदाबाट कट्टा हुने गरी आइतबार (आज) १ (एक) दिन विद्यालय बन्द भएका हुन् ।
उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण (सामुदायिक तथा संस्थागत) विद्यालयहरू बिदा गर्ने निर्णय भएको नगर प्रमुख हेमकर्ण पौडेल द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
पौडेलले बिदा अवधिमा विद्यालयको पठनपाठन, परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधिहरू सञ्चालन नगर्नु/नगराउन आग्रह गरेका छन् । शनिबारदेखि कोशी प्रदेशसहित देशैभर निरन्तर वर्षात हुँदा जनजीवन प्रभावित बन्दै आएको छ ।