Wednesday, January 15, 2025
समाजफिदिमका पुर्व मेयर नेम्वाङको निधन

फिदिमका पुर्व मेयर नेम्वाङको निधन

पाँचथर | फिदिम नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका महासमिति सदस्य ओनाहाङ नेम्वाङको बिहीबार विहान निधन भएको छ ।

नेम्वाङको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो। २००४ सालमा फिदिम २ माथ्लो गाउँमा जन्मेका नेम्वाङलाई मधुमेह र रक्तचाप सम्बन्धी समस्या देखिएपछि तीन दिन अघि उपचारका लागि विराटनगर लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । त्यसअघि उनी २०७२ सालदेखि २०७४ सालसम्म फिदिम नगर विकास समितिको अध्यक्ष थिए । पछिल्लो समय नेम्वाङमा मृगौला सम्बन्धी समस्या आएको थियोे ।

आफ्नो सक्रिय जीवनमा लामो समय कांग्रेसको राजनिति गरेका नेम्वाङले जिल्लाका नागरिकलाई शिक्षा, स्वास्थ्य र खानेपानी उपलव्ध गराउन विशेष भूमिका खेलेका थिए । फिदिम २०७१ सालमा नगरोन्मुख गाविसबाट नगरपालिका घोषणा भएको थियो ।

त्यसपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर बनेका उनी फिदिमको पहिलो मेयर हुन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img