Tuesday, June 24, 2025
समाजअसारे विकासको कहर: ११ दिनमै उप्किएको कालोपत्रे

असारे विकासको कहर: ११ दिनमै उप्किएको कालोपत्रे

spot_img

काठमाडौं | बजेट सक्ने नाममा गरिने असारे विकासको नराम्रो परिणाम देखिन थालेको छ। काठमाडौं महानगरपालिकाले मात्र ११ दिनअघि गरेको कालोपत्रे अहिले नै उप्किएर खाल्डाखुल्डी बन्न थालेको छ।

महानगरपालिका र स्थानीय क्लबको सहकार्यमा वडा नम्बर २१ को श्रीधर नारायण मन्दिर नजिक (लगन जानेबाटो) मा गरिएको कालोपत्रे अत्यन्त छोटो समयमै बिग्रन थालेको हो। सडकमा कालोपत्रे हुने भनी टाँसिएका सूचना अझै भित्तामा झुन्डिरहेका छन्, तर नयाँ कालोपत्रे भने उप्किएर खाल्डो बनिसकेको छ।

स्थानीयहरूले यस्तो गुणस्तरहीन कामप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार कतिपय ठाउँमा कालोपत्रेका नाममा कमसल सामग्री प्रयोग गरिएको छ। अहिले कालोपत्रे उप्किएर बनेका खाल्डाहरूमा पानी जम्न थालेको छ।

यो घटनाले असारे विकास चटारोमा गरिने कामको गुणस्तर र दीर्घकालीन योजनाको अभावलाई उजागर गरेको छ। स्थानीय प्रशासन र निर्माण कम्पनीको लापरवाहीले गर्दा सार्वजनिक धनको दुरुपयोग भएको भन्दै नागरिकहरूले चिन्ता व्यक्त गरेका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img