Friday, February 14, 2025
समाजडा. सन्दुक रुइतलाई 'श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार' प्रदान गरिने

डा. सन्दुक रुइतलाई ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने

कास्की | स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ। पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको यो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा प्रदान गरिने घोषणा गरिएको हो।

श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाका अनुसार, “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो।”

विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ। पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको थियो।

यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्मम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन्।

गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए अनुसार, श्रीपति कोइरालाको निधनपछि उनका सन्तानले सामाजिक कार्यसहित यो राष्ट्रियस्तरको समाजसेवा पुरस्कार स्थापना गरेर सञ्चालन गर्दै आएका छन्। गुठीले आगामी साधारणसभामा डा. सन्दुक रुइतलाई औपचारिक रूपमा पुरस्कार प्रदान गर्ने जनाएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img