देशबागमती प्रदेशरामेछापमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

रामेछापमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

    रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ आएको पहिरोले एउटा घर पुर्दा एकै परिवारका तीन किशोरीको मृत्यु भएको छ। स्थानीय विमान तामाङको घरमाथि खसेको ढिस्कोले घर भत्किँदा उनका परिवारका तीन सदस्यको ज्यान गएको हो।

    मृत्यु हुनेमा विमानकी छोरी १८ वर्षीया सिता तामाङ र उनका नातिनीहरू १५ वर्षीया लक्ष्मी तामाङ तथा १३ वर्षीया आसिका तामाङ रहेका छन्। लक्ष्मी विमानका छोरा पदमकी छोरी हुन् भने आसिका विमानका अर्का छोरा पेमाकी छोरी हुन्।

    स्थानीय नवराज सुनुवारका अनुसार, साँझ लगभग ७:३० बजेतिर घरमाथिबाट खसेको ढिस्कोले घर भत्किएको थियो। “उनीहरू दिउँसो रोपाइँ गरेर घर फर्किएपछि त्यही घरमा बसेका थिए,” सुनुवारले भने।

    नेकपा एमाले फर्पु वडा कमिटीका अध्यक्ष प्रेम तामाङले घटनाको पुष्टि गर्दै स्थानीयहरूले पुरिएका शव निकालेको जानकारी दिए।

    घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंह नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो। तर, लगातारको वर्षाका कारण उक्त टोली घटनास्थल पुग्न सकेको छैन। हालसालै प्रहरी चौकी बेतालीको एक टोली घटनास्थलमा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्

    spot_img

    ट्रेन्डिङ

    इन्फो ग्राफिक्स

    ताजा समाचार

    spot_img