Thursday, December 5, 2024
समाजनेपाल विद्युत प्राधिकरण मादी प्रशाखाका कर्मचारी माथी कुट्पिट, कार्यलय बन्द

नेपाल विद्युत प्राधिकरण मादी प्रशाखाका कर्मचारी माथी कुट्पिट, कार्यलय बन्द

संखुवासभा | नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र अन्र्तगतको मादी प्रशाखामा कार्यारत फोरमेन राज कुमार राई, ओ.जे.टि.मा खटिएका विद्यार्थी प्रदिप जिमी माथी कार्यलय समय अवधिमा हातपात भएको छ ।

नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र अन्र्तगतको मादी प्रशाखामा कार्यारत कर्मचारी माथी लक्ष्मण लिङथेप र हर्कहाङ लिङथेपले कुटपिट गरेका हुन् । लक्ष्मणको नाममा रहेको ग्राहक न.००५.१७४०१(१२६६६) मिटर कालो सुचिमा परेको थियो । उनले विधुत् प्रयोग गरे बापत छ लाख, चालिस हजार, नौ सय, छयालिस रुपैयाँ उनन्साठी तिर्नु पर्ने छ ।

नियम विपरीत संखुवासभा मादी नगरपालिका ४ ओखरबोटेका खगेन्द्र तामाङको मिटरबाट लक्ष्मण लिङथेपले विद्युत खपत गरेको र क्षमता भन्दा बढी प्रयोग गरी विद्युत दुरुपयोग गरेको फेलापारी उक्त मिटरको लाइन प्राधिकरणका कर्मचारीले काटेको विधुत प्रधिकरणले जनाएको छ ।

लाइन काटिएको कारण कर्मचारी माथि कुटपिट गरेको नेपाल विद्युत प्राधिकरण राष्टिय कर्मचारी यूनियन, नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियन, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ ट्रेड युनियनको संयूक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न ३ ट्रेड युनियनले माग गरेका छन् । घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही नभए कर्मचारीहरु आन्दोलनमा उत्रीने चेतावनी दिएका छन् । विवादका कारण मादी प्रशाखा बन्द छ भने कार्मचारी बिदामा छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img