Friday, December 6, 2024
समाजबाढी पहिरोले देशभर १७४ को मृत्यु, २२४ घाइते, ४९ बेपत्ता

बाढी पहिरोले देशभर १७४ को मृत्यु, २२४ घाइते, ४९ बेपत्ता

काठमाडौं | अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि नेपालका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय ७४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, प्रदेशगत रूपमा मृत्यु हुनेको संख्या यसप्रकार छ:

गण्डकी प्रदेशमा सबैभन्दा बढी ५४ जना, बागमती प्रदेशमा ३१ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कोशी प्रदेशमा २६ जना, सुदूरपश्चिम प्रदेशमा ११ जना, मधेस र कर्णाली प्रदेशमा ८-८ जना र काठमाडौँ उपत्यकामा ३ जनाको मृत्यु भएको छ।

यसैगरी, २२ सय ४ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ। प्रहरीले १ सय १३ जनाको उद्धार गरेको जनाएको छ।

विपद्का कारण ४९ जना बेपत्ता भएका छन्, जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ४१ जना छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यस विपद्ले ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ८६ घर, १ सय ४ गोठ, ४८ पुल, २ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। ८ सय १६ पशु चौपायाको मृत्यु भएको र ४ हजार ४ सय ३ घरपरिवार विस्थापित भएको प्रहरीले जानकारी दिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img