कोशी प्रदेशइटहरीसुनसरीको इनरुवामा दुर्घटना, एक जनाको मृत्यु

सुनसरीको इनरुवामा दुर्घटना, एक जनाको मृत्यु

इटहरी | सुनसरी सदरमुकाम इनरुवा-४ बस चौकमा बुधवार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो ।

मेहता नोबेल अस्पताल विराटनगरबाट उपचार गरी घर फर्किएका थिए । मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img