समाजमहाबिर पुनको आत्मकथा: प्रभात दाहालद्वारा १०० प्रति खरिद

महाबिर पुनको आत्मकथा: प्रभात दाहालद्वारा १०० प्रति खरिद

हेटौँडा | राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महाबिर पुनको आत्मकथा बिक्री अभियानको टोली हेटौँडामा छ । विरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि कोष जुटाउने उद्देश्यले सुरु गरिएको यस अभियानमा नेपाली कांग्रेसका महासमिति प्रतिनिधि प्रभात कुमार दाहालले शुक्रबार सय प्रति किताब खरिद गरेका छन्।

दाहालले कृषि औजार कारखाना सञ्चालन अभियानमा सहयोग पुग्नुका साथै आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि जीवन दर्शनको स्रोत बन्ने भएकाले किताव किनेको बताए। उनले खरिद गरेका किताबहरू आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा संघसंस्थाहरूलाई वितरण गरिने योजना रहेको जानकारी दिए।

देशदौडाहमा रहेका पुन हेटौँडा आएको ६ दिनमा मकवानपुरको मनहरी, हेटौँडा र गढीगाउँपालिका आसपासगरि २५ सय प्रति किताब बिक्री गरिसकेको अभियानका सम्पर्क ब्यक्ती दिनेश लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img