Wednesday, January 15, 2025
समाजधनकुटामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, आमा-छोरी घाइते

धनकुटामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, आमा-छोरी घाइते

धनकुटा | साँघुरीगढी गाउँपालिका–३ मुक्तेनमा गएराति एक पिकअप बोलेरो गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

को.२ च. ११०५ नम्बरको पिकअप गाडी मुक्तेनबाट नाम्जे जाँदै गर्दा साँघुरीगढी–६ का ३४ वर्षीय निरबहादुर मगरको मृत्यु भएको हो। दुर्घटना राति ९:१५ बजे भएको र गाडी झण्डै सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा परी ३९ वर्षीया मिना मगर र उनकी ६ वर्षीया छोरी श्रेया मगर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

घटनास्थलमा पुगेको प्रहरीले गाडीका चालक, उदयपुरगढी गाउँपालिका–७ का २४ वर्षीय अमिर मगरलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img