Thursday, June 12, 2025
समाजहेटौँडा अस्पतालमा साँझको समयमा पनि सेवा, डाक्टर छानीछानी उपचार गर्न पाईने

हेटौँडा अस्पतालमा साँझको समयमा पनि सेवा, डाक्टर छानीछानी उपचार गर्न पाईने

spot_img

हेटौँडा | हेटौँडा अस्पतालले बिरामीहरूको सुविधालाई ध्यानमा राखी नयाँ सेवाको घोषणा गरेको छ। अब बिरामीहरूले साँझको समयमा पनि विशेषज्ञ डाक्टरहरूसँग परामर्श लिन पाउनेछन् र आफूलाई चाहिएको डाक्टर छान्न सक्नेछन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको यस अस्पतालले आगामी भदौ १६ गते आइतबारदेखि यो नयाँ सेवा सुरु गर्दैछ। शनिबार बाहेक हरेक दिन बेलुकी ४ बजेदेखि ६ बजेसम्म विभिन्न विधाका विशेषज्ञ डाक्टरहरू उपलब्ध हुनेछन्।

-Ads-

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार, यस विस्तारित सेवामा जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, हाडजोर्नी, शल्यक्रिया, मानसिक रोग र एक्स-रे सेवा समावेश छन्। बिरामीहरूको सुविधाका लागि अस्पताल प्रशासनले हरेक हप्ता डाक्टरहरूको सूची सार्वजनिक गर्नेछ।

विस्तारित सेवाको डाक्टर परामर्श शुल्क ५ सय रुपैयाँ तोकिएको छ, जबकि प्रयोगशाला परीक्षण र औषधिको मूल्य पूर्ववत् नै रहनेछ। अस्पताल निर्देशक डा. धिरेन्द्र गिरीका अनुसार, यो नयाँ व्यवस्थाले दैनिक एक हजार भन्दा बढी बिरामीको चापलाई व्यवस्थापन गर्न मद्दत गर्नेछ।

बिरामीहरूले २४ सै घण्टा टिकट काट्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ। तर, यो विस्तारित सेवामा स्वास्थ्य बीमा भने लागू हुने छैन।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img