Friday, December 6, 2024
समाजमकवानपुरमा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीको निरन्तर सक्रियता

मकवानपुरमा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीको निरन्तर सक्रियता

हेटौँडा | सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरले जिल्लामा शान्ति सुरक्षा कायम राख्न र जनताको जीउधनको सुरक्षा गर्न निरन्तर प्रयास गरिरहेको छ। गणका गणपती ज्ञान प्रसाद भुर्तेलका अनुसार, उनीहरू विभिन्न अपराधिक गतिविधिहरूको नियन्त्रण, वन र प्राकृतिक स्रोतको संरक्षण, र अवैध व्यापार रोक्नमा केन्द्रित छन्।

गणले मासिक रूपमा ४/५ पटक विशेष अपरेसनहरू सञ्चालन गर्दै आएको छ , जसमा सम्भावित घटनास्थल, मेला, महोत्सव र अन्य सार्वजनिक कार्यक्रमहरूमा गस्ती परिचालन गर्दछ । यी अपरेसनहरूको मुख्य उद्देश्य जनतामा सुरक्षाको भावना जगाउनु र सम्भावित अपराधिक गतिविधिहरू रोक्नु हो।

sasatra checking
पूर्वपश्चिम राजमार्गमा सशस्त्र प्रहरी बल नं १४ द्वारा सवारी साधनमा चेकजाँच गर्दै ।

सशस्त्र प्रहरीले स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक र विद्यार्थीहरूसँग नियमित अन्तरक्रिया गर्दै आएको छ। विशेषगरी विपद् सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी समुदायलाई सशक्त बनाउने प्रयास गरिएको छ।

गणपती भुर्तेलले बताए , “हाम्रो मुख्य लक्ष्य भनेको जनता र प्रहरीबीचको दूरी कम गर्नु हो। हामी चाहन्छौं कि जनताले सधैं आफ्नो नजिक सशस्त्र प्रहरीको उपस्थिति महसुस गरून्। हामी ४ ओटै सुरक्षा निकायको समन्वयमा काम गरिरहेका छौ । हामीले औद्योगिक क्षेत्रमा सुरक्षा गस्ती परिचालन गरेर सुरक्षा दिईरहेका छौ । “

यस प्रकारको निरन्तर सक्रियताले मकवानपुर जिल्लामा अपराध न्यूनीकरण र सामाजिक सुरक्षा वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ। सशस्त्र प्रहरी बलको यस प्रयासले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको र शान्ति सुरक्षाको वातावरण निर्माणमा सहयोग पुगेको स्थानीयहरूको भनाइ छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img