देशकर्णाली प्रदेशचट्याङ लागेर १५ भेडा मरे

चट्याङ लागेर १५ भेडा मरे

जुम्ला | जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन्।

तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा आज चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए।

गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका थिए।

यसअघि जुम्लाको कनकासुन्दरी, तिला र गुठिचौरका पाटनमा पनि चट्याङ लागेर दुई सयभन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img