Saturday, March 22, 2025
समाज४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा आज सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१औँ निजामती सेवा दिवस समारोहमा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन ।

 

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img