Saturday, March 22, 2025
समाजहेटौँडा-काठमाडौँ जोड्ने तीनै मार्ग खुले: यात्रुलाई राहत

हेटौँडा-काठमाडौँ जोड्ने तीनै मार्ग खुले: यात्रुलाई राहत

हेटौँडा | बाढीपहिरोका कारण अवरुद्ध बनेका मकवानपुर हुँदै काठमाडौँ जोड्ने तीनवटै वटा छोटो दुरी मार्ग पुनः सञ्चालनमा आएका छन्। हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने, र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने मार्ग आइतबार साँझदेखि सञ्चालनमा ल्याइएको हो।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डमा कुलेखानी बाँधनजिकको भाग बाढीले बगाएपछि डाइभर्सन निर्माण गरी यी मार्गहरू अस्थायी रूपमा सञ्चालन गरिएको हो। यससँगै हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दूरीका मार्ग पुनः सुचारु भएका छन्।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले पत्रकार सम्मेलनमा तीनवटै मार्ग अवरुद्ध भएकोमा एक सातापछि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले भने, “डाइभर्सन निर्माण गरी सडकलाई तलबाट उठाएर सञ्चालन गरिएको छ, जसले यात्रुहरूलाई केही राहत मिल्नेछ।”

मन्त्रालयका अनुसार महालक्ष्मीखोला–चखेल–मातातीर्थ, महालक्ष्मीखोला–फाखेल–फर्पिङ, र सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकखण्ड शनिबारसम्म नै सञ्चालनमा आएका थिए। आइतबार दिउँसोबाट कुलेखानी–सिस्नेरी सडक पनि सुचारु भएको हो।

थानकोट–चित्लाङ, वज्रवाराही–कुन्छाल–पालुङ हुँदै हेटौँडा जोड्ने त्रिभुवन राजपथ यसअघि नै सञ्चालनमा थियो।

मन्त्रालयका सचिव अमृत श्रेष्ठले अस्थायी रूपमा सञ्चालन गरिएका यी मार्गहरू अझै जोखिमयुक्त रहेको र यात्रुहरूले सावधानी अपनाउनुपर्ने बताएका छन्।

सवारीका लागि नयाँ रुट

मकवानपुरको हेटौँडाबाट काठमाडौँसम्म सवारी साधनहरूको लागि वैकल्पिक रुटको व्यवस्था गरिएको छ।

मकवानपुरबाट काठमाडौँ जाने मोटरसाइकलहरू भैसे–भिमफेदी–कुलेखानी–माखु–चित्लाङ हुँदै काठमाडौँसम्म जान पाउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसबाहेक, अत्यावश्यक सेवाका एम्बुलेन्स, सरकारी सवारीसाधन र अन्य चार पाङ्ग्रे सवारी साधनहरू बिहान ४ बजे देखि १९ बजेसम्म भैसे–पालुङ–चित्लाङ हुँदै काठमाडौँ पुग्न सक्नेछन्।

मिनि ट्रक र अत्यावश्यक वस्तु ढुवानी गर्ने मालवाहक सवारी साधनहरूलाई राति १० बजे देखि बिहान ४ बजेसम्म भैसे–पालुङ–नौबिसे हुँदै काठमाडौँ जान अनुमति दिइएको छ।

हेटौँडा–भैसे–भिमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जोड्ने मार्गको मर्मतकार्य तिब्र गतिमा भइरहेको र आगामी २०८१ साल असोज २१ गतेदेखि सञ्चालनमा आउने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडा-काठमाडौं जोड्ने वैकल्पिक सडकहरू एक सातापछि सन्चालनमा ल्याईएको हो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img