बागमती प्रदेशमकवानपुरसभापति लामिछानेको पक्राउको विरोधमा प्रशासनलाई ज्ञापनपत्र

सभापति लामिछानेको पक्राउको विरोधमा प्रशासनलाई ज्ञापनपत्र

हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले आज जिल्ला प्रमुख अधिकारीलाई पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा ज्ञापनपत्र बुझाएको छ।

देशभर ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत, रास्वपा मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यक्रम आयोजना गरेको हो।

रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सचिव किशोर अर्यालको नेतृत्वमा भएको कार्याक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का सभापति रामहरि प्रसाईंसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। सहभागीहरू मोटरसाइकल र्‍याली गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए र प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

ज्ञापनपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ को रूपमा चित्रण गर्दै यसलाई ‘राज्य आतंक’ को संज्ञा दिएको छ।

साथै, सहकारी ठगी प्रकरणमा संलग्न वास्तविक दोषीहरूलाई कडा कारवाही गरी पीडितहरूको रकम फिर्ता गरिनुपर्ने, भुटानी शरणार्थी काण्ड, बाँसबारी प्रकरण, टिकापुर प्रकरण, र ललितानिवास जग्गा प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारवाही गर्नुपर्ने, र विगतका सम्पूर्ण भ्रष्टाचारजन्य अपराधहरूको छानबिनका लागि छुट्टै सेल गठन गरी दोषीहरूलाई कडा कारवाही गरिनुपर्ने माग राखिएको छ।

ज्ञापनपत्र बुझाइसँगै, राष्ट्रिय स्वतन्त्र पार्टीले यी मागहरूलाई बेवास्ता गरियो भने देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img