Wednesday, December 4, 2024
समाजसिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ किशोर फुटबलरका परिवारले घेरे एन्फा

सिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ किशोर फुटबलरका परिवारले घेरे एन्फा

काठमाडौं | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीस्थित वत्सलादेवी माविका ६ किशोर फुटबलर बाढीपहिरोमा परी निधन भएपछि उनका परिवारले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय घेराउ गरेका छन्।

गत असोज १२ मा बाढीपहिरोबाट बच्न खोज्दा ज्यान गुमाएका ती बाल फुटबलरका अभिभावकहरूले एन्फाले लापरबाही गरेको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिरहेका छन्। यसअघि, एन्फाले प्रत्येक परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरे पनि परिवारले यसलाई पर्याप्त नभएको भन्दै घटनाको वास्तविकता सार्वजनिक गर्न दबाब दिएका छन्।

परिवार र आफन्तहरूले बिहीबार एन्फा कम्प्लेक्समा प्रदर्शन गर्दा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो। प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दा झडपसमेत भयो। कतिपय अभिभावकलाई प्रहरीले दुर्व्यवहार गरेको र गेटभित्र छिर्न रोकेको पीडित परिवारको गुनासो छ।

यसअघि कात्तिक ९ गते पीडित परिवारले प्रधानमन्त्रीलाई भेटेर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन र दोषीलाई कारबाही गर्न आग्रह गरेका थिए।

लापरबाहीको आरोप
अभिभावकहरूका अनुसार बाढीपहिरो आउने सम्भावना थाहा हुँदाहुँदै पनि फुटबलरलाई विद्यालय होस्टेलबाट सुरक्षित स्थानमा सार्न ध्यान दिइएन। उनीहरूले यस्तो गम्भीर लापरबाहीका लागि एन्फासहित सरोकारवालाहरूलाई जिम्मेवार बनाउन माग गरेका छन्।

सरकारले पीडित परिवारको मागको सुनुवाइ गर्दै निष्पक्ष छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्नु पर्ने आवाज उठिरहेको छ। “आर्थिक सहयोग मात्र होइन, न्याय चाहिन्छ,” अभिभावकहरूको भनाइ हो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img