Friday, June 20, 2025
समाजस्यार्से कालिका मन्दिरको उद्घाटन, धार्मिक पर्यटनको सम्भावनालाई बलियो बनाउँदै

स्यार्से कालिका मन्दिरको उद्घाटन, धार्मिक पर्यटनको सम्भावनालाई बलियो बनाउँदै

spot_img

मकवानपुर | मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९, नामटारमा अवस्थित ऐतिहासिक स्यार्से कालिका मन्दिर पुनःनिर्माणपछि शनिबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले मन्दिरको उद्घाटन गर्दै यस क्षेत्रको धार्मिक र ऐतिहासिक महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन्।

सांसद बानियाँले मन्दिरको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्दै यसको धार्मिक महत्त्वलाई अझ प्रबर्द्धन गर्न सकिने बताए। उनले बुढापाकाको कथनलाई उद्धृत गर्दै पृथ्वीनारायण शाहले समेत यस मन्दिरमा पूजा गरेको जनश्रुति सुनाए। धार्मिक पर्यटनलाई प्रोत्साहन गर्दै उनले मन्दिर क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

-Ads-

कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक मोक्तानले नामटार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम भइरहेको बताए। उनले मन्दिरलगायत अन्य स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीयको सहयोगको महत्त्वलाई पनि औंल्याए। “नामटारलाई आर्थिक विकासको केन्द्रका रूपमा विकास गर्न हामीले प्राथमिकताका साथ काम गरिरहेका छौँ,” उनले भने।

यो मन्दिर २०५० सालको बाढीले भत्किएको थियो। मन्दिरको पुनःनिर्माणका लागि कुल २५ लाख रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारले १५ लाख र गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए। मन्दिर संरक्षणका लागि यस वर्ष प्रदेश सरकारबाट थप १४ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ।

गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलानका अनुसार मन्दिर पुनःनिर्माणसँगै खोलानियन्त्रण, चौर सम्याउने, र पर्यटकीय सुविधाका लागि संरचना निर्माण गर्न थप १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। उनले मन्दिरलाई धार्मिक तीर्थस्थलका रूपमा विकास गर्न व्यापक योजना तयार गरिएको बताए।

परापूर्वकालमा १००८ ऋषिमुनिले तपस्या गरेको मानिने यस मन्दिरमा भक्तजनहरूले विशेषगरी चण्डीपूर्णिमा र धान्यपूर्णिमामा पूजा गर्ने परम्परा रहेको छ। स्थानीयबाहेक छिमेकी जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रका भक्तजन पनि मन्दिर दर्शनका लागि आउने गरेका छन्।

स्यार्से कालिका मन्दिरको पुनःनिर्माणले धार्मिक आस्थासँगै पर्यटन विकासको ढोका खोल्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। यो मन्दिर अब सांस्कृतिक, ऐतिहासिक, र आर्थिक दृष्टिकोणले पनि क्षेत्रीय पहिचानको प्रतीक बन्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img