Monday, January 13, 2025
समाजशीतलहरले महोत्तरीमा विद्यालय बन्द, १४ स्थानीय तहले दिए जाडो बिदा

शीतलहरले महोत्तरीमा विद्यालय बन्द, १४ स्थानीय तहले दिए जाडो बिदा

महोत्तरी | जिल्लामा बढ्दो शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै महोत्तरीका १५ मध्ये १४ स्थानीय तहले विद्यालयहरूमा जाडो बिदा दिएका छन्। सामुदायिक तथा संस्थागत विद्यालयमा यो बिदा बर्खे बिदाबाट कट्टा गरिने गरी लागू गरिएको छ।

हुस्सु र शीतलहरले बालबालिकाको नियमित विद्यालय आगमनमा समस्या पुर्‍याउन थालेपछि स्थानीय तहहरूले यो निर्णय लिएका हुन्। तर, गौशाला नगरपालिकाले भने हालसम्म बिदा नदिएको जनाइएको छ। गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुरका अनुसार सो नगरपालिकामा अवस्था हेरेर निर्णय गरिनेछ।

महोत्तरीका १४ स्थानीय तहले क्षेत्रीय आवश्यकताअनुसार फरक-फरक मितिमा बिदा घोषणा गरेका छन्।

  • मनरा सिस्वा नगरपालिका: २४ पुसदेखि २९ पुससम्म।
  • पिपरा गाउँपालिका: २२ पुसदेखि २९ पुससम्म।
  • महोत्तरी गाउँपालिका: २४ पुसदेखि २६ पुससम्म।
  • एकडारा गाउँपालिका: २४ पुसदेखि १ माघसम्म।
  • जलेश्वर नगरपालिका: २३ पुसदेखि २९ पुससम्म।
  • भंगहा नगरपालिका: २४ पुसदेखि २९ पुससम्म।
  • मटिहानी नगरपालिका: २२ पुसदेखि २९ पुससम्म।
  • लोहारपट्टी नगरपालिका: २२ पुसदेखि १ माघसम्म।
  • बल्वा नगरपालिका: २३ पुसदेखि २९ पुससम्म।
  • सम्सी गाउँपालिका: २४ पुसदेखि २९ पुससम्म।
  • सोनमा गाउँपालिका: २४ पुसदेखि २९ पुससम्म।
  • औरही नगरपालिका: २५ पुसदेखि २९ पुससम्म।
  • रामगोपालपुर नगरपालिका: २४ पुसदेखि २९ पुससम्म।
  • बर्दिवास नगरपालिका: २५ पुसदेखि २९ पुससम्म।

शीतलहरबाट प्रभावितका लागि राहत व्यवस्था
केही स्थानीय तहहरूले शीतलहरका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य प्रभावित वर्गका लागि सामूहिक रूपमा आगो ताप्न (घुर) को व्यवस्था पनि गरेका छन्। बर्दिवास नगरपालिका र रामगोपालपुर नगरपालिकाले घुरका लागि दाउरा बाल्ने अभियान सुरु गरिसकेका छन्। अन्य पालिकाहरूले पनि आवश्यक दाउरा व्यवस्थापनको काम अगाडि बढाइरहेको जनाइएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img