काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएका छन्।
न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन सहकारी प्रकरणमा रविसहितका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्ने आदेश दिएको थियो। आदेशपछि लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन्।
प्रहरीका अनुसार लामिछानेलाई मेडिकल जाँचपछि रिहा गर्ने तयारी छ। लामिछानेले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने जानकारी प्रहरीलाई गराएका छन्।
यसै प्रकरणमा अभियुक्त छविलाल जोशी र रामबहादुर खनाललाई पनि मेडिकल जाँचका लागि लगिएको छ।