Saturday, February 15, 2025
समाजकैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

टीकापुर | कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतेकी एक महिलामाथि बाघले आक्रमण गरेको छ। माघ १३ गते राति साढे दश बजेतिर ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले छाउगोठमा आक्रमण गरेको हो।

बाघले आक्रमण गरेपछि छाउगोठ वरपरका स्थानीयवासीले होहल्ला र बिजुलीको उज्यालो देखाएर बाघलाई भगाएका थिए। घटनामा बिटालुको टाउकोमा बाघको पञ्जा लाग्दा घाउ भएको छ भने अनुहारमा पनि चोटपटक लागेको छ। सरस्वती बिटालुलाई गम्भीर चोटपटक नभएको र हाल लम्कीमा उपचारका लागि लगिएको कुइनेका स्थानीय वीरेन्द्रबहादुर रावलले जानकारी दिएका छन्।

बाघ आक्रमणको समयमा बिटालुका श्रीमान् रोजगारीका लागि भारतमा रहेका कारण उनी घरमा एक्लै थिइन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा महिनावारी भएका महिलालाई छाउगोठमा बस्न बाध्य पारिन्छ। छाउगोठहरू असुरक्षित हुने भएकाले महिलाहरू बाघको आक्रमण, बलात्कार, र अन्य हिंसात्मक घटनाका शिकार हुँदै आएका छन्।

मोहन्याल गाउँपालिकामा बाघले किसानका बाख्रा, गाईलगायतका चौपाया आक्रमण गर्ने घटना सामान्यजस्तै भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको र मोहन्याल क्षेत्र घना जङ्गलले भरिएको हुँदा बाघ बस्तीमा पस्ने र आक्रमण गर्ने घटना बारम्बार हुने गरेको छ।

यो घटनाले महिलामाथि हुने छुवाछुत र असुरक्षाको विषयमा गम्भीर प्रश्न खडा गरेको छ। सरकारी निकाय र सरोकारवालाहरूले यस विषयमा शीघ्र कदम चाल्न आवश्यक देखिन्छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img