Sunday, July 20, 2025
समाजउदयपुरमा जन्ती बोकेको बस दुर्घटना, एकजनाको मृत्यु, पाँच गम्भीर घाइते

उदयपुरमा जन्ती बोकेको बस दुर्घटना, एकजनाको मृत्यु, पाँच गम्भीर घाइते

spot_img

गाईघाट | उदयपुरको त्रियुगा नगरपालिका-७ जोगिटोलस्थित मदन भण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार दुर्घटनामा बारा, गढी गाउँपालिका-४ का ७० वर्षीय सिताराम धामी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि न्युरो अस्पताल, विराटनगर लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

- Advertisement -

दुर्घटनामा घाइते २० जनालाई उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। गम्भीर घाइते पाँचजनामध्ये दुईजनाको उदयपुर जिल्ला अस्पताल र तीनजनाको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ।

बारा जिल्लाबाट जन्ती लिएर गाईघाट आउँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१९५ नम्बरको बस र कटारीतर्फ जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनिट्रक शुक्रबार बिहान २:३० बजे ठोक्किएर दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, बस र मिनिट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img