समाजहेटौँडामा मोटरसाइकल दुर्घटनामा पैदलयात्रीको मृत्यु

हेटौँडामा मोटरसाइकल दुर्घटनामा पैदलयात्रीको मृत्यु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ६ सल्लाघारी नजिकै मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। रामनगरबाट हात्तिलेटतर्फ जाँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका हेटौंडा-६ रामनगर निवासी ६१ वर्षीय कमल बहादुर बोहोराको उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल भरतपुर अस्पताल लगिएको थियो। तर, आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यस घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img