समाजकाठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा

काठमाडौं  | सरकारले आउँदो आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त दिन मत्सेन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा विदा दिइने जानकारी दिएका हुन्। निर्णयअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक विदा लागू हुनेछ।

नेपालको सांस्कृतिक र धार्मिक सम्पदामध्ये महत्वपूर्ण मानिने रथयात्रा भित्रको भोटो देखाउने परम्परा प्रत्येक वर्ष विशेष उल्लासका साथ मनाइन्छ। यो जात्राले धार्मिक, सामाजिक र ऐतिहासिक महत्त्व बोकेको छ।

सरकारको यो निर्णयले जात्रामा सहभागी हुने भक्तजन र सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ।

भोटो देखाउने जात्रा के हो?
भोटो देखाउने जात्रा बौद्ध र हिन्दू समुदायका साझा धार्मिक पर्व हो, जुन विशेषगरी ललितपुरको पाटन क्षेत्रमा आयोजना गरिन्छ। रथमा राखिएको रत्न मच्छिन्द्रनाथलाई सहर घुमाइने यो परम्परा अन्त्यमा ‘भोटो देखाउने’ कार्यमार्फत टुंगिन्छ, जहाँ हजारौं श्रद्धालुहरू सहभागी हुन्छन्।

सरकारको यो निर्णयसँगै उपत्यकामा विशेष सुरक्षा र यातायात व्यवस्थापनको तयारी पनि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img