हेटौँडा | मकवानपुरको बकैया गाउँपालिका-७ मैनाटारमा एक ७ वर्षिया बालिकाको बिच्छीको टोकाइले मृत्यु भएको छ। वीरबहादुर वाईबाकीकी छोरी अस्मिता वाईबाको आफ्नै घरमा नुहाएर कपडा सुखाउँदै गर्दा बिच्छीले कम्मरको बायाँ भागमा टोकेको थियो ।
प्रहरीका अनुसार, अस्मितालाई बुधवार साँझ करिब ६ बजे टोकेको थियो। बिच्छीको टोकेपछि उनी गम्भीर घाइते भइन् र बिहीबार दिउँसो २ बजेबाट श्वासप्रश्वासमा समस्या देखिएपछि करिब पौने ७ बजे हेटौंडा अस्पताल लगिएको थियो। चिकित्सकहरूले राति पौने ९ बजे उनको मृत्युको घोषणा गरेका छन्।