समाजप्रसूति व्यथाले गम्भीर बनेकी महिलाकाे हेलिकोप्टरबाट उद्धार

प्रसूति व्यथाले गम्भीर बनेकी महिलाकाे हेलिकोप्टरबाट उद्धार

प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङकी एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएकाे छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका बिष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी बिहीबार हेलिकोप्टरमार्फत उद्धार गरेर सुविधायुक्त अस्पताल लगिएको हो ।

प्रसूति व्यथा लागेपछि बुधबार राति स्वास्थ्यचौकी सावाकटहरेमा भर्ना भएकी विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट प्रसूतिगृह थापाथली पठाइएको हो । स्वास्थ्यमा जटिलता उत्पन्न भएकाले तत्काल सुविधासम्पन्न अस्पताल लैजानु पर्ने चिकित्ककाे सुझाबअनुसार जिल्ला अस्पतालको सिफारिसमा प्रशासन कार्यालयमार्फत हेलिकोप्टर झिकाएर उद्धार गरेको स्वास्थ्यचौकी सावाकटहरेका प्रमुख अहेव रामकुमार मग्रातीले बताए ।

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर व्यवस्था गर्न सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले प्रसव वेदनाले छट्पटाइरहेकी गर्भवतीको उद्धारमा हेलिकोप्टर पठाएको हो ।(खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टलाई उद्धार गर्न आएको हेलिकोप्टर । तस्बिर : जिल्ला प्रशासन कार्यालयको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img