Wednesday, January 15, 2025
समाजबेलायतमा एकैदिनमा ५८ हजारभन्दा बढी काेराेना संक्रमित, ४४८ जनामा ओमिक्रोन पुष्टि

बेलायतमा एकैदिनमा ५८ हजारभन्दा बढी काेराेना संक्रमित, ४४८ जनामा ओमिक्रोन पुष्टि

बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा कोरोनाभाइरस  संक्रमण देखिएको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।

बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ ।पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।

यसैगरी कोरोनाका कारण गत २४ घन्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img