समाजजन्ती बाेकेकाे बस दुर्घटना : चालककाे मृ´त्यु, आठ जना गम्भीर घाइते

जन्ती बाेकेकाे बस दुर्घटना : चालककाे मृ´त्यु, आठ जना गम्भीर घाइते

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृ´त्यु भएको छ ।

जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृ´त्यु भएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् ।  घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ । 

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतको सनाखत हुन बाँकी  छ ।

बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img