सुनसरी : काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले प्रशासनिक भवन तिब्र गतिमा तयार भइरहेको छ । नगरपालिकाको वडा नं ७ स्थित मनमति डाँडामा नगरपालिकाको प्रशासनिक भवन तयार भइरहेको र निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको नगरपालिकाले जनाएको छ ।
प्रशासनिक भवन निर्माणका लागि २०७७ साल पुस १० गते निर्माण सम्झौता भएको थियो । २०७९ साल पुस १० गतेभित्र सबै संरचना बनिसक्ने सम्झौतामा उल्लेख छ ।
भवन भ्याट सहित १४ करोड, २२ लाख, ९४ हजार, ९४२ रूपैयाँ लागतमा निर्माण भैरहेको नगरपालिकाले जानकारी दिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा विकोई-जयमाता जेभीले पाएको छ । बेथानचोक खबर डटकमबाट साभार भएको छ ।



