वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार नि’धन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा नि’धन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएइर उपचार गराइरहेका थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार ल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । मल्ल नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुन् ।
यो पनि : केपी ओलीको गृहजिल्लामा पार्टीभित्र कसले के जिम्मेवारी पाए ?
इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् ।
ओली गृहजिल्लामा तीन जना महिला केन्द्रीय सदस्य सह इन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले सह इञ्चार्जको जिम्मेवारी पाएका हुन् ।झापाको सह इन्चार्जमा रोमनाथ ओली र हरिबहादुर राजवंशी पनि समेटिएका छन् ।