समाजआजका मुख्य समाचार : एएसएसपी यादवले किन गरे आ'त्मह'त्या ?, स्थानीय तहको...

आजका मुख्य समाचार : एएसएसपी यादवले किन गरे आ’त्मह’त्या ?, स्थानीय तहको चुनावका लागि प्रधानमन्त्रीसमक्ष दुई मिति प्रस्ताव

आज प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा फेला परेको प्रकरण निकै चर्चामा छ । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुखसमेत रहेका एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

अप’हरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै एसएसपी यादवलाई कारबाहीको तयारी भइरहेको थियो । उनले आ’त्मह’त्या किन रोजेका हुन् भन्ने विषय भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।२०६४ माघ २९ गते बुटवलका ६२ वर्षीय टिकाराम अर्यालको अ’पहर’णमा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको भन्दै यादवमाथि का’रबाहीको माग गरिएको थियो । यस विषयमा इन्फो नेपालले विभिन्न एंगलबाट समाचार सम्प्रेसण गरिरहेको छ ।यसका साथै आज नेपाललगायत विश्वमा विभिन्न घटना घटेका छन् । विश्वभर नै कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमीक्रोनको त्रास बढ्दो छ । त्यसको रोकथाका लागि विभिन्न देशले कडा सुरक्षा व्यवस्था अपनाइरहेका छन् ।

स्थानीय तहको चुनावका लागि प्रधानमन्त्रीसमक्ष दुई मिति प्रस्ताव
निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो ।यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिएको समाचारलाई इन्फो नेपालले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

क्रिसमस डेमा सार्वजनिक बिदा
इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा १० पुस अर्थात भोलि शनिबार सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

माओवादी पुनः बहुपदीय प्रणालीमा फर्कने
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ । आगामी ११-१३ पुसदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो ।हाल कायम रहेको १ सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको हो । सम्मेलनबाट आउने २९९ केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाइएको छ ।

विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस्
बिहीबार एभरेष्ट बोर्डिङ्ग विध्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाएपछि उक्त विद्यालयमा अध्ययनरत छात्र निसान ठाकुर निक्कै उत्साहित भए ।
कोरोना माहामारीकै कारण लामो समयसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाएका ठाकुरलाई यसपालि पनि कतै लकडाउन पो हुने हो कि भन्ने ठूलो चिन्ता थियो । कोरोनाभाइरसविरुद्धको मोडर्ना खोप लगाइसकेपछि ठाकुर लकडाउन नहुनेमा विश्वस्त छन् । देउराली माध्यामिक विध्यालयकी छात्रा नविना चौधरीले पनि मोडर्ना खोप लगाइसकेपछि कोरोनाको त्रासबाट निकै राहत मिलेको महसुस गरिन् ।

हेलिकोप्टरमार्फत् डोजर ढुवानी
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेको छ । अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएको मेयर गोरखबहादुर केसीले जानकारी दिए ।आठबीसकोट-३ मा रहेको डोजरलाई हेलिकोप्टरबाठ ढुवानी गरेर वडा नम्बर १ मा लगिएको हो । श्रमिक प्रयोग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए ।

कांग्रेस प्रदेश २ सभापतिमा यादव
नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् । कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएको छ । रामसरोज विमलेन्द्र निधि पक्षका हुन् । उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएको थियो ।

बाइडेनले भने– अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिष्प्रर्धा गर्छु
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिष्प्रर्धा गर्ने बताएका छन् । आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने बाइडेनले बताएका हुन् । अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु ।’

उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु । धेरै पटक भाग्यले मेरो जीवनमा हस्तक्षेप गरेको छ । अहिले म स्वस्थ छु । यस्तै स्वस्थ रहे आगामी निर्वाचनमा फेरि प्रतिष्प्रर्धा गर्नेछु ।’आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारी दिए जुन सुकै हालमा आफूले उम्मेदवारी दिने उनले बताए ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img