Thursday, May 22, 2025
राजनीतिप्रचण्डले भने म आगो हुँ, आगोसँग खेल्न खोज्दा ६ प्रदेशकै मुख्यमन्त्री चैट...
spot_img

प्रचण्डले भने म आगो हुँ, आगोसँग खेल्न खोज्दा ६ प्रदेशकै मुख्यमन्त्री चैट भयो

spot_img

काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान हालत आगोसँग खेल्न खोज्दा भएको बताएका छन् ।

अघिल्लो वर्ष पुस ५ मा प्रतिक्रान्ति सुरु भएको बताउँदै उनले निर्ममतापूर्वक प्रतिगामी षड्यन्त्र चालिएको उल्लेख गरेका छन् । उनले थपे, पार्टीभित्र अन्तरसंघर्ष चर्किएकाले संसद् विघटन गरियो र हामी एकजुट भएर प्रतिक्रान्तिको हुरी रोक्न सकिन्छ

नेकपा मसाल सम्पर्क केन्द्रसँग एकता गर्दै उनले आफूलाई आगोको संज्ञा दिँदै खेल्ने दुस्साहस नगर्न समेत चुनौती दिएका छन्। उनले भने, आगोसँग खेल्ने दुस्साहस नगर्नुहोस् । आगोसँग खेल्दा के भयो भने कोही बालुवाटरबाट बालकोट पुगेर ६ प्रदेशकै मुख्यमन्त्री चैट भयो ।एकता घोषणा कार्यक्रम ओलीका सय चोटमा लुहारको एकचोट भएको बताएका छन् । ओलीप्रति लक्ष्य गर्दै उनले भने, केही मान्छेको सिला खोज्दै हिँड्ने गरेका छन् ।

एकताबाट कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया थालिएको बताए। उनले भने, कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्न चाहनेलाई चुनौती दिन चाहन्छौं । यो सन्देश देश र विश्वभरि प्रवाहित भएको छ । धनकुटा खबरबाट साभार भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img