समाजमहिलालाई आत्मनिर्भर बनाउन दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग

महिलालाई आत्मनिर्भर बनाउन दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग

महिलालाई आत्म निर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले धादिङको सिद्धलेक गाउँपालिकाले दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ ।

जिल्लाको सिद्धलेक गाउँपालिका वडा न ४ मा रहेको चक्रकाली आमा समूहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको हो ।

दुना टपरी बनाउने मेसिन सहयोगले आमा समूहलाई आत्मनिर्भर बनाउनुको साथै आयआर्जनमा समेत सघाउ पुग्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको भनाई छ ।

यस किसिमको सहयोगले वनमा खेर गइरहेको पातको प्रयोगबाट दुना–टपरी उत्पादन गरी महिलाहरूलाई उद्यमशील बनाउन सहयोग पुग्ने छ । दिउँसो बस्तुभाउ चराउन जंगल जाँदाको समय व्यवस्थापन गर्न सकिए सजिलै आयआर्जनमा टेवा पुग्ने छ ।

उद्योगबाट उत्पादित दुना टपरीहरू जिल्ला भित्र र जिल्ला बाहिर समेत बजारमा विक्री गर्न सकिने बताइएको छ । महिला सशक्तीकरण र महिला हिंसा रोक्नको लागि महिलाहरूलाई आर्थिकसँग जोड्नुपर्ने भन्दै गाउँपालिकाको आयआर्जन र सिप मूलक कार्यक्रम मध्ये दुना–टपरी एक कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष कमला शर्माका भनाई छ ।

उक्त मेसिनबाट उत्पादन गरिएको दुना–टपरी पूजा, विवाह ,छेवार लगायत ठुला मेला महोत्सव र पर्वमा प्रयोगमा आउनेछ । उत्पादनमा निरन्तरता दिन सके लोभ हुन लागिएको दुना टपरीको संरक्षणमा समेत टेवा पुग्ने स्थानीयको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img