Saturday, April 19, 2025
राजनीतिएमसीसीबारे भीम रावल गम्भीर: लेखे ओलीलाई पत्र
spot_img

एमसीसीबारे भीम रावल गम्भीर: लेखे ओलीलाई पत्र

नेकपा एमाले नेता तथा सांसद डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । उनले एमसीसीका विषयमा पार्टीभित्र गम्भीर छलफल गरिनुपर्ने माग राख्दै पत्र लेखेका हुन् ।

उनले पत्रमा एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको दाबी गरेका छन् । त्यसैले यस विषयमा गहन छलफल हुनुपर्ने बताएका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले उक्त माग गरेका हुन् । उनले आजको बैठकमा आफूले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने कुरा राखेको पनि उल्लेख गरेका छन् ।

जनताको गम्भीर चासो र सरोकारको विषयमा पार्टीले नजरअन्दाज गर्न नहुने नेता रावलको टिप्पणी छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img