Saturday, February 15, 2025
राजनीतिबालेन-सुनिताले भेटे मन्त्री झाँक्री

बालेन-सुनिताले भेटे मन्त्री झाँक्री

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगाेलले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेका छन् ।

प्रमुख शाह र उपप्रमुख डंगोलले मन्त्री झाँक्रीलाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा शनिबार दिउँसो भेट गरेका हुन् ।

तीनै जनाबीच शहरी विकास मन्त्रालयले निर्माण गरेकाे बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटमा काठमाडौं उपत्यकाको फाेहाेर कहिले, कसरी लैजाने भन्नेबारे छलफल भएकाे मन्त्री झाँक्रीको सचिवालय जनाएको छ ।

काठमाडौंको फाेहाेर व्यवस्थापन गर्ने विषयमा महानगर प्रमुख शाह र उपप्रमुख डंगोलकाे केही दिनयता सक्रियता बढेकाे छ । शुक्रबार शाह र डंगोल सिसडोल पुगेर फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गरेका थिए ।

प्रमुख शाहले एक हप्ताभित्र दुर्गन्ध हटाउन कमिकल हाल्ने र तीन महिनासम्ममा फोहोरबाट मल तथा ग्यास बनाउने प्रतिबद्धता जनाएका थिए । स्थानीयले भने पहिला आफ्ना माग पूरा गर्नुपर्ने अडान लिएका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img