Monday, January 13, 2025
राजनीतिअब सबै मिलेर काम गरौँ - केपी शर्मा ओली

अब सबै मिलेर काम गरौँ – केपी शर्मा ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अवसरसँगै धेरै चुनौती पनि रहेको बताएका छन् । 

प्रतिनिधि सभामा सम्बोधन गर्दै ओलीले अहिले देशको अर्थतन्त्र धेरै नै समस्यामा रहेको भन्दै सुझबुझपूर्ण ढङ्गले काम गर्नुपर्ने बताए । अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको, राजस्वकाे सङ्कलन धेरै वर्षपछि ऋणात्मक अवस्थामा रहेकाे, महँगी बढेको, आयात डरलाग्दो र निर्यात टिठलाग्दो अवस्थामा रहेकाे लगायतका समस्या समाधान गर्नुपर्ने दायित्व रहेको ओलीको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले भोलि मङ्गलवार विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको भन्दै ओलीले सरकार र प्रचण्डलाई बधाई दिए । ओलीले अहिले सहज परिस्थिति नभएकाले प्रचण्ड नेतृत्वको सरकारले निकै धेरै मेहनत गर्नुपर्ने बताए । देशले नयाँ परिवर्तन खोजेको सङ्केत चुनावअघि नै देखिएको भन्दै ओलीले नयाँ दल र सांसदले पनि सांसद बन्नकै लागि नभएर नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनले भने , ‘देशका लागि सँगै काम गरौँ, लेट्स वर्क टुगेदर ।’ 

सरकार बनाउने र ढाल्ने खेलमा नलाग्न र देश निर्माणको बाटोमा लाग्न उनले दल र नेताहरूलाई आग्रह गरे । अध्यक्ष ओलीले यो सरकारले लोकतन्त्रको रक्षा, संवर्द्धन र सुदृढीकरणका लागि काम गर्ने बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img