Wednesday, January 15, 2025
राजनीतिकोशी प्रदेशमा माओबादीका तीनैजना मन्त्रीले दिए राजीनामा

कोशी प्रदेशमा माओबादीका तीनैजना मन्त्रीले दिए राजीनामा

विराटनगर | कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका तीनैजना मन्त्रीहरू राजीनामा बुझाएका छन् । आज (सोमबार) सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जामगरले राजीनामा बुझाएका हुन् । उनीहरूमध्ये उप्रेती पर्यटन तथा वनमन्त्री, कार्की सामाजिक विकासमन्त्री र बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री रहेका थिए ।

यससँगै संविधानको १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकार संकटमा परेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img