काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सर्वोच्च अदालतमा देखिएको विवाद’bout मुख खोलेका छन् । सरकारलाई सघाउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बसेको बैठकमार्फत सत्ता गठबन्धनमा आबद्ध पाँच दलले अदालतको विवाद’bout ध्यानाकर्षण भएको भन्दै मुख खोलेका हुन् ।
‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, राज्यको महत्वपूर्ण अंगका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्छाैं,’ बैठकपछि समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जानकारी दिँदै समितिका एक सदस्यले समन्वय समितिमा सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने विषयमा छलफल भएको बताए । ‘अब अदालतको विवाद धेरै लम्ब्याउनुहुन्न भन्ने हो, यसमा गठबन्धन एक्सनमा नगए सरकारमाथि प्रश्न उठ्छ, यसतर्फ सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्छ,’ प्रधानमन्त्रीसमेत सहभागी बैठकमा नेताहरूबाट राखिएको धारणा’bout जानकारी दिँदै एक सदस्यले राजधानीसँग भने ।
बैठकपछि सञ्चारकर्मीलाई निर्णय’bout जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय सभा निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अघि बढाइने निर्णय भएको जानकारी दिए । बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवद्र्धनमा जोड दिने निर्णयसमेत गरेको छ ।
‘पाँच दलीय गठबन्धनको निर्माणसँगै जटिल संक्रमण अन्त्य भएर मुलुकको राजनीति सही दिशामा फर्किएको तथा लगभग भताभुङ पारिएको राज्य संयन्त्र र भत्काइएको राज्य पद्धतिलाई लिकमा ल्याउने महत्वपूर्ण प्रयास भएको छ, लोकतन्त्र र संविधान सुरक्षित भएको छ भने नागरिक हक सुनिश्चित भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग कार्कीले भने ।
उनले स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थिरताको आशासँगै स्वदेशी तथा विदेशी लगानीकर्ता र उद्यमीहरू उत्साहित भएको गठबन्धनको ठहर रहेकोसमेत बताए र । पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रूपमा सेवासुविधा उपलब्ध गराई जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको तथा बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरूको पुनस्र्थापनाका लागि प्रभावकारी रूपमा काम अघि बढाइएको विज्ञप्तिमार्फत समितिले जानकारी गराएको छ ।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले सहभागी थिए ।यो समाचार आजको राजधानी दैनिकमा छ ।